Logo

रुकुममा अनौठो चलन( खडेरीमा भूमि देवतासँग पानी माग्दै गाउँले



रुकुममा परापूर्व कालदेखि चलिआएका चलन र सस्कृतिलाई स्थानीयले जोगाइ राखेका छन् । ती मध्ये रुकुम पूर्वमा अहिले पनि खडेरीमा पानी माग्ने चलन कायमै रहेको छ ।

मगर बस्तीमा परम्परादेखि खडेरीको बेला घर कुरिया उच्च हिमाली भेगमा लेकको पन्थ ९पानीको मुहान० सम्म पुगेर नाचगान तथा हो(हल्ला गरेर फर्किने गर्छन् ।

यसरी हो(हल्ला गरिदिँदा भूमि देवता अशान्त भएर वर्षा गरिदिने जनविश्वास रहेको छ । जिल्लाको पुथा उत्तरगंगा १० तकसेरामा गोठालो समुहको निर्णयले बिहानै भूमि देवतासँग पानी माग्न बृद्धबृद्धा, युवायुवती र बालबालिका पानीको मुहान मुहानमा हो(हल्ला गरी पूजा गर्दछन् ।

पानी माग्ने दिन केही फोहोरी शब्द बोल्दा कसैले पनि रिसाउन नपाउने गोठाला समुहका अध्यक्ष बिष्णु बुढामगरले बताए । यहाँका समुदायले अरु समयमा फोहोर वा जु ठो हुन्छ भनेर सुङ्गुरको मासु लेकतिर लाने गर्दैनन् तर पानीको लागि करिब ३५ सय मिटर उचाइको उच्च भूभागमा पुगेर सुङ्गुरको थुमा पुजा गर्ने गर्छन् ।

लेकमा पुजा गरिसकेपछि केही तल झरेर पानीको अर्को मुहानमा आ न्द्रा भुँ डी सफा गरेर मासु पो ले र सबैले बाँडेर खाने गरेको अध्यक्ष बुढाले जानकारी दिएको समाचार हामीले नेपाल टेलिभिजनबाट साभार गरेका हौं । तस्वीर मैत्या घर्ती मगर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता