Logo

धादिङको नीलकण्ठ माविमा दलित विद्यार्थीबाट तालाबन्दी



धादिङ, । धादिङबेंसीस्थित नीलकण्ठ माध्यमिक विद्यालयको प्रशासन शाखामा शुल्क फिर्ता माग गर्दै दलित विद्यार्थीले तालाबन्दी गरिदिएका छन् । गरीब तथा दलित विद्यार्थीसँग विद्यालयले असुलेको शुल्क फिर्ता गर्न माग गर्दै प्रशासन शाखामा अनिश्चित कालीन तालाबन्दी गरिएको हो ।

स्थानीय सरकारले विद्यालयमा उपलब्ध गराएको शैक्षिक कार्यक्रम सार्वजनिक गर्न, असंवैधानिक रुपले शुल्क असुल्ने शिक्षकलाई कारवाही गर्न, विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन गर्न र संविधानमा उल्लेख भएका अधिकार उपलब्ध गराउन माग गर्दै विद्यार्थीले तालाबन्दी गरेको सङ्गम विश्वकर्माले बताए ।

हाल लगाइएको ताला विद्यार्थीको माग सम्बोधन नभएसम्म नखोलिने विद्यार्थीले बताएका छन् । विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले निजी स्रोतबाट शिक्षक राख्नुपरेका कारण दलितलाई निःशुल्क शिक्षा दिन नसकिएको स्पष्ट गरे।(रासस

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता