Logo

यस्तो छ आजको मौसम, आजपनि खुल्नेछैन आकाश



आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आकाश आज पनि खुल्ने छैन । अझ कतिपय स्थानमा बर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज बिहान देशका पहाडी भागहरुमा आंशिक बदली रहने छ । बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसोको मौसमको अवस्था पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली हुनसक्ने र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

भने, देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ।

रातिमा देशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता