Logo

ललीतपुरको नख्खु दुर्घटनास् मोटरसाइकल चालकको मृत्यु, पछाडि बस्ने गम्भीर



काठमाण्डौं । उपत्यकामा सवारी दुर्घटना बढिरहेको छ । यसमा दुई पांग्रे सवारी साधनको संख्या पनि अत्याधिक छ । यसको पछिल्लो उदाहरण ललितपुरको नख्खुमा भएको दुर्घटनालाई लिन सकिन्छ ।

त्यहाँ कन्टेनरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि बसेका एक जना गम्भीर घाइते छन् । आइतबार राती सातदोबाटोतिरबाट आइरहेको खाली कन्टेनरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँएको थियो ।

घटनामा परेर कास्कीका ३७ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको छ , ललितपुर प्रहरीका एसपी प्रज्वल महर्जनका अनुसार प्रदेश नम्बर ३ ०२ ०१८ प ८३६९ नम्बरको मोटरसाइकल चालक अधिकारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बसेका ललितपुर १४ शोभाहिटीका ३२ वर्षीय रवी श्रेष्ठ गम्भीर घाइते छन् । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।ठक्कर दिने ना २ ख ७५८३ नम्बरको कन्टेनर र चालक सिन्धुपाल्चोक बाह्रबिसेका सुकुलाल तामाङलाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता