Logo

गायिका आस्था राउत बिहे गर्ने तयारीमा , को हुन त हुने वाला श्रीमान् ?



काठमाडौ । अहिले कलाकारहरुको धमाधम विवाह हुँदैछ । नायीका स्वेता खड्काले हालै विवाह गरिन् । अब गायिका अञ्जु पन्त विवाहको तयारीमा छन् । उनको विवाहको लुगा पनि तयार हुँदै भन्ने समाचार सार्वजनिक भएका छन् । यता अर्की गायिका आस्था राउत विवाह गर्ने तयारीमा जुटेकी छिन्।

‘सालको पात टपरी’ को रिमिक्स भर्सन गाएर डेब्यु गरेकी उनले अब करियरसँगै व्यक्तिगत जीवनबारेमा ध्यान दिने बताएकी हुन्।

उनी पछिल्लो पुस्ताकी चर्चित गायीका हुन् । स्पष्ट बोल्ने उनको स्वभावले कहिले काँही उनलाई विवादित बनाएको छ ।

सांगितिक क्षेत्रमा राम्रो स्थान बनाएकी आस्थाले अब आफ्नो विवाहको योजना बनाएको स्वीकार गरेकी छन् । उनले भनिन्, करियरका साथै म आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि सोचिरहेकी छु । किनकी जीवनमा कोही न कोही चाहिन्छ ।

त्यसैले अब बिहे गर्ने सोच आइरहेको छ। उनको रोजाई को हो भन्ने प्रश्नमा उनले, म र मेरो म्युजिक क्षेत्रलाई बुझ्ने इमान्दार र विश्वाससिलो मान्छेसँग बिहे गर्ने सोच बनाइरहेकी छु।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता