Logo

दुलहीलाई विवाह मण्डपमा छाडेर दुलाहा पब्जीमा व्यस्त  ! (भिडियो हेर्नुहोस्)



एजेन्सी । भारतमा पब्जी खेल सम्बन्धी एउटा रोचक घटना सार्वजनिक भएको छ ।

विवाह समारोहमा खिचिएको टिकटक भिडियोमा बेहुलाले पब्जी खेल खेलिरहेको देख्न सकिन्छ । आफ्नै विवाहमा छेउमा बसेकी बेहुली र समारोहमा उपस्थित आफ्ना आफन्त, साथीभाइलाई बेवास्ता गर्दै उनी पब्जी खेल्नमै मस्त देखिन्छन् ।

टिकटक भिडियो खिच्ने व्यक्तिले उनको नजिक गएर मोबाइललाई छोप्न खोज्छन् । ती बेहुलाले हतार हतार उनलाई हटाउँछन् । त्यसबेला बेहुली भने बेहुलाले चलाएको मोबाइल टुलुटुलु हेरिरेहेकी हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता