Logo

सडकमा मागेर खाने युवती संसारकै एक उत्कृष्ट मोडल बनेपछि….



चार वर्षअघि सम्म पनि रिटा गाभिओला, एक १३ वर्षकी किशोरी सडकमा माग्दै हिँड्थिन् । तर विगत चार वर्षदेखि उनी संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रुपमा आबद्ध भएकी छिन् । उनी चर्चित रियालिटी शोमा अभिनय पनि गर्छिन् ।

साथै, इन्स्टाग्राममा उनको लाखौ फलोअर्स पनि छन् । उनले यस्तो सफलता एउटा तस्बिरका कारण प्राप्त गरिन् ।

रिटाको यो रोचक कहानी सन् २०१६ मा सुरु भयो । त्यतिबेला उनी आफ्नो र परिवारको पेट पाल्न लुकबानस्थित माग्दै हिँड्थिन् ।

उनका बुवा फोहोर टिप्ने काम गर्थे र आमा उनीलगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् । उक्त घरको कोही पनि बच्चा स्कूल गएका छैनन् । उनको परिवारलाई खान नै धौधौ थियो त्यसकारण रिटाले मानिसहरुसँग पैसा वा खानेकुरा माग्ने गर्थिन् ।

त्यति नै बेला उनलाई एक फिलिपिनो फोटोग्राफर तोफर क्विन्टो बुर्गोसले देखे । लुक्बानमा आयोजित पाहियास फेस्टिबल अवलोकन गर्न त्यहाँ पुगेका थिए । उनले रिटाको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे । क्यामराको एउटा क्लिक र अपलोड बटनले रिटाको जीवनमा आकाश पातालको परिवर्तन ल्याइदियो ।

१३ वर्षे ती किशोरीको तस्बिर आगोसरी फैलियो । धेरैले उनको प्राकृतिक सुन्दरताको तारिफ गरे । बादजाओ समुदायकी उनलाई ‘बादजाओ गर्ल’ उपनाम दिइयो । फिलिपिन्सका थुप्रै सुन्दरीले उनलाई गरिबीबाट बाहिर निस्कन सहयोग गरे ।

विभिन्न सेलिब्रिटी जस्तै २०१५ की मिस वर्ल्स फिलिपिन्स ड्यानिल पारुङगाओ, २०१४ की मिस इन्टरनेशनल फिलिपिन्स बियान्का गुइदोटी र २०१५ की मिस अर्थ एन्जेलिया ओङ्गले रिटाको शरीर र अनुहारको बनावट मोडलको जस्तै भएको बताउँदै सोसल मिडियामा तारिफ गरे ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता