Logo

ज्याकलिन फर्नान्डिजसंग हलिउड फिल्म खेल्दै तेस्रोलिंगी नेपाली मोडल अञ्जली लामा



हलिउडमा पनि नेपाली कलाकारहरुले पाइला राख्न थालेका छन् । ट्रान्सजेन्डर ९तेस्रोलिंगी० नेपाली मोडल अञ्जली लामाले हलिउड फिल्म खेल्ने मौका पाएकी छन् । उनी भारतमा पनि चर्चित छन् ।

फिल्म ‘वुमन स्टोरिज’मार्फत लामाले हलिउडमा डेब्यु गर्ने भएकी हुन्। ६ भागमा निर्माण हुने फिल्ममा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज, मार्सिया गे हार्डेनलगायतले अभिनय गर्नेछन्।

अन्तराष्ट्रिय समाचार डेडलाइनका अनुसार विभिन्न देशका महिला निर्देशकले निर्देशन गर्ने फिल्ममा कलाकार पनि महिला नै रहने भएका हुन्। फिल्मको छायांकन भारत, इटाली र अमेरिकामा गरिनेछ।

ज्याकलिन र अञ्जलीको कथालाई भने लीना यादवले निर्देशन गर्ने समाचारमा उल्लेख गरिएको छ। भारतमा मोडलिङ गरिरहेकी अञ्जलीले ‘भोग’, ग्राजिया अवार्ड पाइसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता