Logo

नेपाल–भारत बैठकः सीमा सम्बन्धी भयो यस्तो निर्णय स् भ्याक्सिन, ईपीजी, पञ्चेश्वर आदिमा पनि छलफल



काठमाडौ । नेपाल–भारत संयुक्त आयोगको शुक्रबार नयाँ दिल्लीमा भएको बैठकका सिमा समस्याका विषयमा पनि कुरा उठेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र उनका समकक्षी एस जयशंकरले नेतृत्व गरेको बैठकमा सो सम्बन्धी विषय उठेको हो । त्यस वाहेक भ्याक्सिन, ईपीजी, पञ्चेश्वर आदिमा पनि छलफल भएको छ ।

अहिले विश्वव्यापी फैलिएको कोरोना नियन्त्रणका लागि नेपाललाई कोरोना विरुद्धको खोप प्राथमिकताका साथ उपलब्ध गराउने विषयमा दुई देशबीच सम्झौता भएको छ ।

भारतले नेपाललाई कोभिड–१९ विरुद्धको भ्याक्सिन प्राथमिकताका साथ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । भारत स्थित नेपाली दुतावासले बैठक पछि विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी गराएको छ ।

ज्ञवाली भारतको तीन–दिने भ्रमणका लागि बिहीबार नयाँ दिल्ली पुगेका हुन् । सो बैठकमा सीमासम्बन्धी विषयमा छलफल गर्दै सीमासम्बन्धी बाँकी रहेका काम छिट्टो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

‘बैठकमा शान्ति तथा मैत्री सन्धी १९५०, प्रबुद्ध व्यक्तिहरुको समूहको ९ईपीजी० प्रतिवेदन बुझाउने विषय र हवाई मार्गको प्रवेशबारे पनि छलफल भयो,’ दिल्ली स्थित नेपाली दुतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी, कोभिड भ्याक्सिन, सीमा व्यवस्थापन, कनेक्टिभिटी, आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा, जलस्रोत, सँस्कृति तथा शिक्षा लगायत दुई पक्षीय सम्बन्धका समग्र पक्षहरुको समीक्षा गरिएको बताइएको छ।

‘सीमापार पूर्वाधार र कनेक्टिभिटी, विकास साझेदारीमा सुदृढिकरण र पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाईन, इन्टेग्रेटेड चेकपोस्ट ९आईसीपी०, रेलवे लिंक, पावर ट्रान्समिसन लाइन, सडक स्तरोन्नति, पुलहरु लगायतका परियोजना कार्यान्वयनमा भएको प्रगतिप्रति दुवै मन्त्रालयबाट सन्तुष्टि व्यक्त गरियो,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता