Logo

भ्यालेन्टाइन डे मा श्रीमतीले दिइन् यस्तो उपहार, विश्वभर बन्यो समाचार



एजेन्सी । भनिन्छ सबै मानिसले सबै कुरा सहन सक्छ तर आफ्नो प्रेमबीच तेस्रो ब्यक्तिको प्रवेश सहन सक्दैन । तर संसारमा यस्ता पनि ब्यक्ति हुन्छन् जसले त्यो कुरालाई सहजै स्वीकार गर्छन । भ्यालेन्टाइन डे प्रेमीहरुको दिन हो।

फेब्रुअरी १४ मा विश्वभर प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइयो। सबैले आफ्नो प्रेमी प्रेमीकालाई गुलाबको फूल र केही उपहार दिए होलान् । तर एक श्रीमतीले आफ्नो श्रीमानलाई अनौठो गिफ्ट दिइन् जसको विश्वभर समाचार बन्यो ।

अमेरिकाकी ग्लोरिया नामकी एक महिलाले आफ्ना श्रीमानलाई अनौठो उपहार दिएर समाचार बनेकी छिन्। भ्यालेन्टाइन डेको दिन उनका श्रीमानले श्रीमतीबाट यस्तो उपहार पाउँछु भन्ने सायदै कल्पना गरेका थिए होलान् । यो गज्जबको उपहार अहिले विश्वभर चर्चित छ ।

तर सोचेजस्तो भ्यालेन्टाइन् डे उनले मनाउन पाएनन्। ग्लोरियाले टिकटकमा एउटा भिडियो सेयर गरेकी छन्। जहाँ उनले श्रीमानले जतिजना अन्य महिलाको फोटोहरु इन्स्टाग्राममा लाइक गरेका छन् त्यो फोटोलाई स्क्रिनसट गरेर छापेको देखिएको छ।

सोही फोटोहरु ग्लोरियाले श्रीमानलाई दिएका हुन्। उनले भिडियो क्याप्सनमा आफ्ना प्रेमीलाई कस्तो भ्यालेन्टाइन गिफ्ट दिनुभयो भनेर प्रश्न पनि गरेकी छिन्।

हाल उक्त भिडियो निकै भाइरल बनेको छ। हाल उक्त भिडियो ५० लाखभन्दा बढीपटक हेरिएको छ। उक्त भिडियोमा मानिसहरु रमाइला प्रतिक्रिया पनि जनाइरहेका छन्। मानिसहरुले आफू प्रेमी र प्रेमिका बिहिन भएकाले आफू यस्ता दुर्घटनाबाट बच्न सकेको बताएका छन्। डेली मेल

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता