Logo

सास गै सकेको मान्छे अन्तिम संस्कार गर्दै गर्दा जुरुक्क उठेपछि…..



ज्यान गएको प्रमाणपत्र पाएका ब्यक्ति जुरुक्क उठेका छन् । उनको अन्तिम संस्कारको तयारी चलिरहेको थियो । यो घटना भारतको हो । उत्तर प्रदेशका ती युवकको अन्तिम संस्कार चलिरहँदा उनले आँखा खोलेका हुन् ।

उनलाई मोहम्मद फुरकान नामले चिनाइएको छ । लखनऊमा फुरकान अन्त्येष्टि समारोहभन्दा ठीक अघि उठेका थिए । उनको चि’हा’न खनिएको थियो र उनको शव गा’ड्न ठिक्क पारिएको थियो ।

२० वर्षीय मोहम्मद फुरकानलाई दुर्घटना भए पछि जून २१ मा निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले मृ त घोषित गरेको थियो । उनको शव एम्बुलेन्समा राखेर निवासमा लगिएको थियो । जब गा’ड्नको लागि तयारी गरिरहेका थिए तक मलामी आएका केहीले उनको अंग चलेको चाल पाएका थिए ।

फुरकानलाई राम मनोहर लोहिया अस्पताल लगियो । त्यहाँ डाक्टरहरूले उनी जिउँदो रहेको पुष्टि गर्दै भेन्टिलेटरमा राखेका थिए । पहिले निजी अस्पतालमा ७ लाख रूपैयाँ तिर्नुपरेको थियो र पैसा नभएको बताउँदा फुरकानलाई मृ त घोषित गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता