अनौठो संसार

८० वर्षीया वृद्धाको ३५ वर्षे पुरुषसँग विवाह ! बोल्न छाडे नातिनातिना

भनाइ नै छ, प्रेम अन्धो हुन्छ । प्रेममा उमेर, जातपात, धर्म, धनी गरिब, कालो गोरो केहीले असर पार्दैन । प्रेमले कुनै पनि बन्देज तोड्न सक्छ ।

यसैको पछिल्लो उदाहरण बनेको छ, बेलायतको एक विवाह । जहाँ ८० वर्षीया एक वृद्धाले आफूभन्दा ४५ वर्षकान्छा अर्थात ३५ वर्षीय युवकसँग विवाह गरेकी छन् ।

बेलायत निवासी आइरिस जोन्स नामक वृद्धा महिलाको इजिप्ट निवासी ३५ वर्षीय युवक मोहम्मद इब्राहिमसँग फेसबुकबाट चिनजान भयो ।

दुबैमा घण्टौसम्म कुराकानी हुन थाल्यो । लामो समयदेखिको कुराकानीपछि इब्राहिमले आइरिसलाई प्रेमको प्रस्ताव राखे । यसैबीच आइरिस इब्राहिमलाई भेट्न इजिप्ट पुगिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *