Logo

कस्तो अचम्म यहाँका मानिसहरु सुतेर उठ्दा सबै कुरा बिर्सिन्छन



काठमाडौं । मानिसहरुलाई निन्द्रा लाग्नु र थकाइका कारण झुल्नु स्वभाविक कुरा हो । तर गाउँका सबैजना नै कुरा गर्दा गर्दै निदाउँछन् भन्दा तपाईलाई कस्तो लाग्ला रु काजकिस्तानको एउटा गाउँमा मानिसहरु कुरा गर्दागर्दै निदाउँछन् ।

यस बारेमा वैज्ञानिकहरु नै अचम्ममा परेका छन् । काजकिस्तानको कलाची गाउँका मानिसहरु जुन बेला पनि निदाउन सक्दछन् ।

अचम्मको कुरा त के छ भने त्यहाँका मानिसहरु सुतेर उठ्दा सबै कुरा बिर्सिन्छन् । कलाची गाउँको यो रहस्य पहिलो पटक सन् २०१० मा पत्ता लागेको थियो ।

त्यो समयमा केही बच्चाहरु अचानक स्कुलमा सुतेको खबर बाहिर आएको थियो । वैज्ञानिकहरुले यसको कारण जान्ने प्रयास गरेपनि नसकेको बताएका छन् ।

केही अनुसन्धानकर्ताहरुले अचानक निन्द्रा लागेर सुत्नुको पछाडि स्लीपिंग डिसअर्डर रहेको बताएका छन् । कलाची गाउँमा युरेनियमका धेरै खानीहरु रहेका छन् । युरेनियमबाट निस्किने ग्यासहरुले शरीरमा असर गरेको कारण यस्तो भएको हुनसक्ने कतिपयको बुझाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता