Logo

दाइ गुमाउनु परेपछि ब’द’ला लिन बहिनीले बनाइन् यस्तो फिल्मी स्टाइलको योजना



एजेन्सी । आफन्त गुमाउनुको दुख सबैलाई हुन्छ । तर कसैले त्यसको ब’द’ला लिने निश्चय गर्छन । जसले थप घटना हुनजान्छ । यस्तै एउटा घटना भारतको मुम्बईमा भएको छ । आफ्नो दाईको ज्या’न लि’एको ब्यक्तिसंग ब’द’ला लिन बहिनीले बनाएको योजना कुनै फिल्मी कथा भन्दा फरक छैन ।

प्रेमको नाटक गरेर ब’द’ला लिने योजना बनाइन् । त्यसका लागि उनले अन्य ५ जनाको सहयोग लिइन् । जून २०२० मा मलाड क्षेत्रमा दुई वटा समूह बीच पार्किगंलाई लिएर विवाद भयो । जसमा एक आरोपी मोहम्मद सादिकले झ’ग’डाको क्रममा २४ वर्षीय अल्ताफ शेखको ज्या’न लि’ए । त्यस पछि उनी दिल्ली भा’गे ।

अल्ताफकी बहिनी यास्मिन यो घटनावाट दुखी थिइन् । उनले ब’द’ला लिने निर्णय गरिन् । उनले अल्ताफका साथीहरू, फारुख शेख, ओविस शेख, मनिस सय्यद जाकिर खान र सत्यम पाण्डेसंग सहयोग मागिन् । घटना भएको एक महिना पछि उनले नक्कली इन्टाग्राम खाता बनाइन् । जसवाट सादिकसँग कुराकानी शुरू गर्न थालिन् ।

उनले सादिकलाई माया गर्छु भन्ने विश्वास दिलाइन् । अनि एक हप्ता अघि सादिक याम्मीनलाई भेट्न दिल्लीबाट मुम्बई आइपुगेका थिए।

शनिबार, यास्मीनले उनलाई मुम्बईको सानो कश्मीर क्षेत्रमा भेट्न बोलाइन् । तर उनी आफु भने गइनन् । त्यहाँ भाईका साथीहरुलाई पठाइदिइन् । सादिक घटनास्थलमा पुग्ने बित्तिकै साथीहरूले सादिकलाई एम्बुलेन्समा राखे । उनलाई जंगलमा लैजाने उनीहरुको योजना थियो । तर कसैले उनलाई एम्बुलेन्समा राख्दै गरेको देख्यो ।

उनले १०० नम्बरमा डायल गरे र पुलिसलाई खबर गरे। यस पछि इलाकाका प्रहरी सतर्क भयो अनुसन्धान शुरू गरेको थियो । विडम्बना उनीहरुले प्रयोग गरेको एम्बुलेन्सको तेल सकियो । उनीहरुले भाडाको कार लिनुपरेको थियो ।

पश्चिमी एक्सप्रेस राजमार्गमा, जब उनीहरुले सादिकलाई भाडाको कारमा लैजाँदै थिए प्रहरीले उनीहरुलाई भेटायो । प्रहरीले यास्मीन र उसका पाँचै साथीलाई पक्राउ गरेको छ । सांकेतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता