Logo

शुक्रबार हुँदैछ यी स्थानमा भीषण बर्षा, के दियो मौसम बिभागले चेतावनी ?



मनसुन सक्रिय रहिरहेकाले बर्षाको सम्भावना नेपालबाट हटिसकेको छैन । अहिले मौसमी प्रणालीमा आएको फेरबदलका कारण मुलुकका तीनवटा प्रदेशमा शुक्रबार भीषण वर्षाको सम्भावना रहेको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक रहेकाले प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा दिउँसो ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले राति सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षा हुने जनाएको छ ।

मौसममा सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, वाग्मती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशमा वर्षाका कारण भूक्षय, डुबान, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । ठूलो वर्षा हुने स्थानमा उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ ।

वर्षाका कारण नदी नाला र खहरे खोलामा जलसतह बढ्नसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको हो । देशभर सामान्यदेखि पूर्ण बदली रही बिहानैदेखि कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता