एकाविहानै काठमाडौमा भुकम्पको धक्का, मानिसहरु घरवाहिर निस्किए
काठमाडौ । काठमाडौमा एकाविहानै शुक्रवार भुकम्पको धक्का महशुष गरिएको छ । शुक्रवार बिहान काठमाडौंमा भूकम्पको धक्का महसूस गरिए पछि केही स्थानिय घर वाहिर निस्किएका थिए । बिहान करिव ७ बजेर ६ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको हो ।
काठमाडौंको कोटेश्वरमा पनि केही सेकेण्डसम्म भूकम्पको धक्का महसूस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सल्लाघारी आसपासलाई केन्द्रविन्दु बनाएर ३ दशमलव ५ म्याग्नेच्युडको भूकम्प गएको जानकारी दिए।
‘यो गोरखा भूकम्पकै परकम्प भएको पनि उनको भनाई छ । यसवाट डराउन नपर्ने पनि उनले बताए । १२ वैशाख २०७२ को विनासकारी गोरखा भूकम्पपछि ५० हजार भन्दा धेरै परकम्प गइसकेका अधिकारीले बताए। ‘चार रेक्टरस्केलभन्दा कमका भूकम्पलाई हामी खासै महत्व दिँदैनौँ,’ अधिकारीले भने। यसअघि २१ असारमा काठमाडौंको कुलेश्वर आसपास केन्द्रविन्दु भएर ३।२ रेक्टरस्केलको परकम्प गएको थियो।