अचानक ओली यसकारण भए ‘यु टर्न’, नेपाल पक्षका २२ सांसदलाई कारवाही नहुने
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अचानक यु टर्न भएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको पक्षमा मत दिएका नेकपा (एमाले)का सांसदलाई तत्काल कारवाही नगर्ने मनस्थिती बनाएका छन् । एमाले केन्द्रीय कमिटीको बैठकले २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । त्यसको समय सकिन लागेको छ तर उनीहरुलाई पत्र पठाइएको छैन ।
वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालको पक्षमा रहेका २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरिएको थियो । केही सांसद भर्खर ओलीको पक्ष छोडेर नेपाल तर्फ लागेका पनि छन् । उनीहरुलाई बुधबार स्पष्टीकरण सोधिएको थियो । खनाल–नेपाल समूहले स्पष्टीकरण सोधिनुलाई पार्टी एकतामा भाँजो हाल्ने कामको संज्ञा दिएको छ ।
स्पष्टीकरण सोधिए पनि तत्काल कारबार्ही गर्ने तयारी भने गरिएको छैन । हिजोको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अधिकतम लचिलो बन्न तयार भएको बताएका थिए । उनले नेता नेपाललाई आफू दोस्रो अध्यक्ष दिन तयार भएको ‘ब्रिफिङ’ बैठकमा गरेका थिए ।
तर त्यस पछि केही नेताहरुले अध्यक्ष ओलीको भनाईलाई सच्याएर तत्कालको परिस्थतीमा नेपाललाई दोस्रो अध्यक्ष मान्न नसकिने बताएका थिए । सर्वोच्च अदालतले संसद पुनस्थापर्ना गर्नु अगाडी ओलीले त्यस्तो प्रस्ताव राखेका उनीहरुको भनाई थियो ।
जारी केन्द्रीय कमिटी बैठकमा स्पष्टीकरण सोधिएका सांसदलाई कारबाही गर्ने तयारी नभएको एक केन्द्रीय सदस्य बताउँछन् । पार्टी मिलाउने प्रयास जारी रहेका कारण तत्काल कारवाही नगरिएको ति नेताले बताए । हदैसम्म मिलाउन तयारी गर्ने हो । कारबाही गर्ने कुरा अहिले छैन, ती नेताले भने ।