Logo

गगन थापाले विरोध गर्दा गर्दै खनालको उपचारका लागि कसरी निकासा भयो ३० लाख रुपैया ?



 

काठमाडौ । नेपाली कांग्रेसका नेता गगन थापा लगायतले विरोध गर्दा गर्दै नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि ३० लाख रुपैया निकासा भएको खुलेको छ । अर्थ मन्त्रालय स्रोतले दिल्ली स्थित नेपाल दुतावासले परराष्ट्र मन्त्रालय मार्फत खनालको उपचारका लागि ३० लाख आवश्यक पर्ने बताएपछि सोही अनुसारको रकम निकासा भएको हो ।

गगन लगायत केही नेताहरुले विदेशमा उपचार गराएका नेतालाई उपचार खर्च पठाउनु कानुन विपरित हुने भन्दै विरोध जनाएका थिए । तर सो रकम ओली सरकारकै पालामा निकासा भएको बुझिएको छ । एमाले नेताहरुका अनुसार उनको मिर्गौला प्रत्यारोपण गरिनेछ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो । त्यस लगत्तै विरोधका स्वर उठेका थिए ।

प्रधानमन्त्री देउवाले पनि खनाललाई नै फोन गरेर उपचार खर्च सरकारले बेहोर्ने बताएका थिए । तर गगन थापाले सो कुरा लागू गर्न नमिल्ने भन्दै विरोध जनाएका थिए । खनालको विदेशमा उपचार गर्दा लागेको खर्च व्यहोर्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निर्णय गैरकानुनी भन्दै विरोध भएकै बेला रकम निकासा भएको कुरा खुलेको हो ।

पूर्ववर्ती सरकारका कतिपय निर्णय उल्टाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले खनालको उपचार खर्चसम्बन्धी गैरकानुनी निर्णयलाई कायम राखेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता