हजार वर्ष यताकै बढी वर्षा भएपछि कस्तो भयो चीनमा ? हेर्नुस् भिडियो
एजेन्सी । नेपालमा पनि अहिले अत्याधिक वर्षाले वर्षायाम लाग्नु अघि नै बाढी पहिरोले धनजनको क्षती गरेको छ । तर चीनमा भने हजार वर्ष यताकै सबैभन्दा बढी वर्षा भएको छ । चीनको हेनान प्रान्तमा हजार वर्ष यताकै वढी वर्षा भएको हो । जसका कारण त्यहाँको जनजिवन अस्तब्यस्त भएको छ ।
शुक्रबारदेखि मंगलबारसम्म लगातार वर्षा भएको छ । वाढीका कारण अहिले सम्म १३ जनाको निधन भएको छ । २ लाख भन्दा बढी नागरिक जोखिममा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बाढी प्रभावितहरुको उद्धारका लागि तीन हजारभन्दा जनमुक्ति सेना खटाइएको छ। रेल, सडक र विमानस्थल बन्द गरिएका छन्।
सडकहरु समुन्द्रजस्ता बनेका छन् । वर्षाले सबैभन्दा धेरै प्रान्तको राजधानी झेङझाउ प्रभावित भएको छ। धेरै मानिसहरू झेङझाउको सब वेमा बाढी आउँदा फसेका थिए। झेङझाउ सहर एलो रिभरको छेउमा छ। अत्याधिक वर्षा भएपछि नदी बढेर शहरमा पसेको छ । ड्याम जुनसुकै बेला फु ट् ने खतरा भएकाले सतर्कता अपनाइएको छ । यो वर्षा थप केही दिन हुने मौषमविद्हरुले अनुमान गरेका छन् ।