माधव नेपालको विरोध गर्न युवासंघले निकालेको बाँदर जुलुसले सामाजिक सञ्जालमा रमाइलो, ओलीलाई नै ट्रोल बनाउँदै कसले के भने ?
काठमाडौ । नेकपा एमालेको सरकार ढलेपछि युवा संघ आन्दोलनमा छ । सर्वोच्च अदालतको फैसला र आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको विरुद्ध आन्दोलनमा रहेको युवासंघले मंगलवार बाँदरको भेषमा आन्दोलन गरे । बाँदरको भेषमा जुलुस निकाल्ने योजना कस्को थियो होला रु तर अहिले माधव पक्षको विरोध गर्न अपनाएको यो शैलीले ओली पक्ष नै ट्रोल भएको छ ।
सामाजिक सञ्जालमा उनीहरुलाई ट्रोल बनाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ठोरीका राम भन्दै ब्यंग्य गरीएको छ । मंगलवार युवासंघका नेता कार्यकर्ता नयाँ बानेश्वरमा बाँदरको भेष बनाएर प्रदर्शनमा उत्रिएका थिए। मुखमा कालो रङको बाँदरे मुकुन्डो लगाएका, पछाडि कागजको पुच्छर झुन्ड्याएका केही नेताहरुले सडकमा नारावाजी गरेका थिए । चार हातखुट्टा टेकेर पुच्छर हल्लाउँदै ती ‘बाँदर’ले ओलीका पक्षमा र एमाले नेता नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध समेत जोडदार नारा लगाएका थिए ।
आफ्नै पार्टीका २२ सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिएपछि देउवा अब पुर्णकालका लागि प्रधानमन्त्री बनेका छन् । पार्टी भित्रकै विवादका कारण झण्डै दुई तिहाइको एमाले सरकार बिचैमा ढलेको छ । आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल समुह विरुद्ध युवासंघ आन्दोलनमा उत्रिएको हो ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए । पार्टी निर्देशन विरुद्ध देउवालाई विश्वासको मत दिएका नेता र सांसद विरुद्ध उनीहरुले प्रदर्शन गरेका हुन् ।
कविता ठ्याक्कै मिल्ने प्रस्तुति 😂😂 pic.twitter.com/vZbo46Ufau
— अरबिन्द सिंह (@comradearbind) July 20, 2021