Logo

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई अदालतले हिरासतमा राखेर अनुषन्धान गर्न आदेश



बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई अदालतले हिरासतमा पठाइएको छ । उनलाई आज अदालतमा पेश गरे संगै २३ जुलाई सम्मका लागि प्रहरीको हिरासतमा राखेर अनुषन्धान गरिने भएको छ । मुम्बई क्राइम ब्रान्चले सोमबार राती गिरफ्तार गरेको थियो ।

उनी माथि अश्लिल फिल्म बनाएको आरोप रहेको छ । मुम्बई पुलिसका अनुसार राजकुन्द्राका बिरुद्ध आफुहरु संग पर्याप्त सबुत रहेको र गिरफ्तार गरेर सोधपुछ भईरहेको छ । सोमबार राती ९ बजे राजकुन्द्रा सोधपुछका लागि मुम्बईको भायखला स्थित क्राईम ब्रान्च दफ्तर पुगेका थिए ।

यसपछि सोमबार राती ११ बजे २ घण्टा सोधपुछ पछि राज कुन्द्रालाई क्राईम ब्रान्चका अधिकारीहरुले गिरफ्तार गरेका थिए । यो केशमा राज कुन्द्रा पछि रयान जोन नामका एक ब्यक्तिको नवी मुम्बईबाट गिरफ्तार गरीएको छ । मुम्बई पुलिस कमिश्नरले बताए अनुसार क्राईम ब्रान्चले फेब्रअरी २०२१ मा अश्लिल फिल्म बनाउने तथा त्यसलाई अलग अलग ओटीटी प्लाटफर्ममा रिलीज गर्ने बिषयमा केश दर्ता गरेको थियो ।

यसपछि पुलिसले कैयौ अलग अलग ठाउँमा छापामारेको थियो । यस मामलामा राज कुन्द्रा पहिला ४ जना ब्यक्ति समेत गिरफ्तार भएका थिए । तिनै पक्राउ परेकाहरुको बयान र टेक्निकल प्रमाणको आधारमा राज कुन्द्रालाई गिरफ्तार गरिएको हो । मुम्बई क्राईम त्र्रान्चका अनुसार एक हटशट नामको एप बनाईएको थियो । जसमा फिल्म रिलीज गर्ने गरिएको थियो । पुलिसका अनुसार उक्त एप राज कुन्द्राको हो । हाल राज कुन्द्राले दाबी गरेका छन् कि उक्त एप संग आफ्नो कुनै लेना देदा छैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता