छोरा तैमुरलाई विज्ञापनमा खेलाउन चाहे सैफ अलि खानले ! करिना रिसाएपछि भयो यस्तो बवाल?
अभिनेत्री करीना कपुर र सैफ अलि खानको जेठो छोरा तैमूर अलि खान सानै उमेरदेखि प्रख्यात छन् । तैमूर जन्मदेखि नै एक स्टार बनेका छन् । उनीसँग सम्बन्धित कुनै पनि कुरा लामो समयको लागि आफ्ना फ्यानहरूबाट लुक्न सक्दैन । कान्छो भाइको आगमनको बावजुद, उनका प्रशंसकहरूमा कुनै कमी छैन ।
तैमूर प्रशंसकहरूबिच जति धेरै प्रसिद्ध छन्, उनी बलिउड निर्देशकहरू र निर्माताहरूबिच पनि चर्चा छन् । यस विषयमा सैफ अली खानले एकपटक भनेका थिए कि केही निर्माताहरू तैमूरलाई फिल्मको प्रमोशनमा सहभागी हुन चाहान्छन् तर तैमूरकी आमा करीना कपूर खान भने यसका लागि तयार थिएनन् । तैमूरको ख्याती देखेर बुबा सैफले भनेका थिए कि उनलाई कुनै समस्या छैन ।
केही वर्ष अघि आरजेसँग कुराकानीको क्रममा सैफले करीना असल आमा भएको बताएका थिए र करीनाले उनलाई भनेकी थिइन् कि छोरालाई यति सस्तोमा बिज्ञापन खेलाउने कुरा नगर्नुहोस् । सैफले भनेका थिए कि उनीसँग काम गर्ने सबै निर्माताहरूलाई भने उनले तैमुरलाई अभिनय गराउने बिषयमा सकारात्मक भएको बताएका थिए ।
उनीहरूले उनलाई एक फिल्म प्रवद्र्धनको लागि रबर ब्यान्ड लगाउन चाहेका थिए । त्यसैले जुन निर्देशक र निर्माता सैफसँग काम गरिरहेका थिए, तैमूरको बारेमा उनीहरु मनाउन खोजिरहेका थिए र उनलाई फिल्म, प्रमोशनमा समावेश गर्ने कुरा पनि थिए ।
जब करीनाले सैफलाई भनिन् कि त्यति सस्तो नहोऊ, तिमी आफ्नो छोरालाई बेच्न सक्दैनौ । त्यसो भनेपछि सैफको बोली बन्द भयो । वास्तवमा मानिस, जे भए पनि ऊ इन्टरनेटमा छाइ नै रहन्छ ।