Logo

सप्तकोशीको चन्द्रनहर भत्कियो, ५०० घर डुबे, अरु के के भयो क्षति ?



पछिल्लो समय लगातार पानी परिरहेको छ । निरन्तरको वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ मा रहेको चन्द्रनहर भत्केको छ । मुलुककै पहिलो र पुरानो नहरका रुपमा चिनिएको सप्तरी जिल्लाको चन्द्र नहर भत्केपछि झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् ।

पहाडी क्षेत्रका खोलानालाबाट हालै एक्कासि आएको पानीले अमहा, टेङ्ग्रालगायत खोलमा आएको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको मेयर उत्तम गौतमले जानकारी दिए । उहाँका अनुसार दुई ठाउँमा गरी झण्डै ५० मिटर नहर भत्किएको छ । बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका १, २, ४ र ११ वडाका ३ सय घर डुबानमा परेका छन् ।

यस्तै, बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको छ । गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका झण्डै २ सय ७५ घर डुबेका छन् । तिलाठी–कोइलाडी–८ तोपा बस्तीका २५ घरसमेत डुबानमा परेका छन् ।

निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर बढिरहेको छ । यस्तै, सप्तकोशी, त्रियुगा, महुली, खाँडौ, बलानलगायत नदीमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता