गाडी भाडा बढाउन नपाएपछि यातायात नै बन्द, कहाँ चलेनन् बस ?
काठमाडौ । गाडी भाडा बढाउन पाइएन भन्दै यातायात ब्यवसायीले सेवा नै बन्द गरेका छन् । सेवा बन्द गरेका कारण धादिङमा गाडी चलेका छैनन् । संघीय सरकारले बढाएको भाडादर अनुसार भाडा लिन नपाएको भन्दै ब्यवसायीहरुले विरोध गरेका छन् ।
संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको मात्रै भाडा बढाएको हो । त्यसैले एउटै प्रदेशमा संचालन हुने यातायातको भाडा बढाउन पाइदैन । लामो दुरीको भाडा समायोजन गर्दा २८ प्रतिशत सम्म भाडा बढेको छ । सरकारले स्थानिय तहमा संचालन हुने यातायातको भाडा भने बढाएको छ्रैन ।
तर स्थानिय तहमा संचालन हुने यातायात ब्यवसायीले पनि लामो दुरीको जस्तै २८ प्रतिशत भाडा बढाएर लिन पाउनुपर्छ भन्दै आन्दोलन गरेका हुन् । उनीहरुले आफुखुसी भाडा बढाएर लिन थालेका थिए ।
स्थानिय प्रशासनले हस्तक्षेप गरेपछि आन्दोलन थालेका हुन् । धादिङका व्यवसायीहरुले धादिङबेसीबाट छुट्ने र काठमाण्डौबाट छुट्ने सबै रुटको भाडा आफूखुशी २८ प्रतिशतले बढाएका थिए । त्यहि भाडा कार्यान्वयन गर्दा प्रशासनले जरिवाना तिराए पछि सेवा नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
यसअघि १ सय ८७ रुपैयाँमा धादिङ९ काठमाडौ गरिरहेका यात्रुले अहिले बढाएको भाडाअनुसार लोकल बसमा २ सय ३७ र ननस्टप तथा डिलक्स बसमा २ सय ९० तिर्नुपर्छ ।