यसरी गरियो सुजिता भण्डारीको दाहसंस्कार, आमा र दिदिको रोदनको हृदयविदारक दृश्यले सबैको आँखा रसायो (भिडियो)
चितवनको राप्ती नगरपालिका–२ की २३ वर्षीया सुजिता भण्डारीको शव परिवारले बु झेको छ । पोष्टमार्टमका लागि काठमाडौंमा रहेको शव परिवारले आज बु झेको हो । चितवन प्रहरीले परिवारले शव बुझेर चितवन ल्याउन लागेको जानकारी दिएको छ । यसअघि परिवारले छोरीको हत्यारा पत्ता नलागेसम्म श’व नबुझ्ने अडानमा थियो ।
स्थानीयबासीहरुले पनि तत्काल श’व बुझ्न नहुने पक्षमा थियो । तर चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गरिने आश्वासन दिँदै आएपछि अन्ततः परिवारले शव बुझ्न राजी भएको हो ।
प्रहरीका एक अधिकारीका अनुसार भिसेराको रिपोर्ट आईनसकेको तर एक साता भित्र सत्यतथ्य सार्वजनिक हुने बताएका छन् । गत असार ११ गते तरकारी लिन जान्छु भनेर निस्किएकी सुजिता २० गते घरभन्दा करिव ४र५ किलो मिटरको दुरीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा कु’हिन लागेको अवस्थामा श’व फेला परेको थियो ।
त्यसपश्चात आक्रोशित स्थानीयबासीले पो ष्ट मार्टमका लागि लैजादै गरेको शव स्थानीयले बाटोमै रोकेका थिए । त्यसदिन साँझ मात्रै सुजिताको शव पो ष्ट मार्टमका लागि काठमाडौं पठाइएको थियो । अर्को दिन पुनः आन्दोलन च र्किएपछि चितवन प्रशासनले क’फ्र्यु लगाउन बाध्य भएको थियो ।