Logo

देउवाले पाए विश्वासको मत, अब निर्वाचन सम्म देउवा सरकार



अन्तत नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । आइतवार उनले संसदवाट विश्वासको मत लिएका हुन् । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका उनले आइतवार विश्वासको मत लिने निर्णय गरेका थिए । आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६३ मत पाएका हुन्।

उनको विपक्षमा ८३ मत परेको छ । एक जना तटस्थ बसेका छन् । देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा०, राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन्। ओली पक्षका ४ जना सांसदले पनि फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएका छन् ।

एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि देउवालाई विश्वासको मत लिन सजिलो भएको थियो । जसपाले विश्वासको मत दिने घोषणा गरेपछि नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरुले तटस्थ बस्ने निर्णय गरेका थिए ।

पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुनस्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरेका थिए।

विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने छन्। अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ। यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराएर विदा हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता