Logo

भिम रावलले के लेखे राजिनामा पत्रमा ? (पत्र हेर्नुस्)



काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष डा भीम रावलले आइतवार अनपेक्षित रुपमा सांसद पदबाट राजीनामा दिए । उनलाई आफ्ना नेताहरुले रोक्न खोज्दा खोज्दै राजिनामा दिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभन्दा केही घण्टा अघिमात्रै उनले सांसद पदबाट राजीनामा दिएको घोषणा गरे । सुरुमा सामाजिक सञ्जाल मार्फत राजिनाको घोषणा गरेका उनले पछि संसद भवन बानेश्वरमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्।

उनले आफू अनैतिक राजनीतिक खेलबाट दिक्क भएको पनि टिप्पणी गरेका छन् । राजनीतिक नेतृत्व ब्यक्तिगत स्वार्थमा लागेका कारण त्यसको मतियार हुन आवश्यक नठानेर राजिनामा दिएको उनले बताएका छन् । प्रधानमन्त्री देउवालाई माधव नेपाल पक्षधर सांसदहरुले विश्वासको मत दिने भएका छन् ।

तर, एमालेले विश्वासको मत नदिने निर्णय गरेको छ । रावलले पछिल्लो समय पार्टी एकताको लागि कार्यदलमा रहेर काम गरेका थिए । उक्त कार्यदलले १० बुँदे सहमतिको प्रस्तावसमेत अघि ल्याएको थियो । तर, नेता नेपालले उक्त प्रस्तावमा आफ्नो असहमति रहेको भन्दै अब एमालेमा नफर्कने संकेत गरेका छन्

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता