माधव नेपालको एमालेबाट बिदाई भएकै होरु प्रचण्डसँग पार्टी एकताको चर्चाले राजनीतिमा तरङ्ग
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार छोडेर बालकोट पुगेपछिको पहिलो उद्घोष थियो, माधव नेपाललाई एमालेमा ठाउँ छैन । त्यस यता ओली पक्षीय नेता कार्यकर्ताहरुले नेपाललाई नराम्रो भन्दै सामाजिक सञ्जालमा लेख्ने क्रम बढेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमाले वरिष्ठ नेता ‘माधवकुमार नेपालसँग पार्टी एकता गर्दै हुनुहुन्छ रेरु’ भनेर सोधेको भन्दै एक समाचार समेत बाहिरिएको थियो । नेपालकै पहलमा देउवा प्रधानमन्त्री भएपछि अहिलले नेपाल र प्रचण्डको भेट बाक्लिएको छ । उनीहरु दिनहुँ भेटघाट गर्ने गरेका छन् ।
नेकपा एमालेमा नेपालको पार्टीबाट बिदाई भएजस्तै अवस्था छ । नेपालकै कारण पदबाट हट्नु परेपछि ओली नेपाललाई हेर्न समेत चाँहदैनन् त्यसैले दुई नेता एकै पार्टीमा अटाउँने सम्भावना अहिलेलाई देखिएको छैन । त्यसैले नेपालको पहलमा बृहद बाम एकता भएर ओलीलाई एक्ल्याउने र चुनावमा जाने रणनीति बन्दै गरेको बुझिएको छ ।
यसै मेसोमा नेपाल र प्रचण्डबिच शनिवार समेत भेट भएको थियो । दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । सर्वोच्चद्वारा पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार आह्वान गरिएको छ । सर्वोच्चले निवेदकहरुको माग अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै देउवाले २९ असारमा जिम्मेवारी लिइसकेका छन् ।
देउवाले संविधान बमोजिम नियुक्त भएको एक महिनामा संसद्मा विश्वासको मत लिनु पर्ने छ । माओवादी केन्द्र, कांग्रेस, एमाले नेपाल समूह र जसपाको समर्थनमा देउवा प्रधानमन्त्री बनेका हुन् । काँग्रेस संसदिय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेता नेपालले गठबन्धनमा सहभागी नहुने बताएपनि उनी विभिन्न छलफलहरुमा सहभागी हुँदै आएका छन् । यसले गर्दा दाहाल र नेपालको यो भेटलाई चर्चाका साथ हेरिएको छ ।