Logo

संवाहक नेपालले युवा नेपाल, १०० ग्रुपलाई यसरी गर्यो खाद्यान सहयोग



काठमाडौं साउन  २ । विश्व कोरोनाको माहामारीको उच्च जोखिममा परेको छ । पछिल्लो समय विश्वभर नै कोरोना संक्रमण कम भएको जस्तो देखिए पनि लापरबाही र आवश्यक मापदण्ड पुरा नगरेका कारण नेपाल अहिले लकडाउनमा छ । मानिसहरु रोगले भन्दा पनि भोकले मर्ने डरले बाचिरहेका छन् ।

कोरोना महामारीको नियम पालना गर्दे संवाहक नेपालले खाद्यान सामाग्री सहयोग गरेको छ । संवाहक नेपालका अध्यक्ष उषा श्रेष्ठले काठमाडौबाट देशभक्त युवा नेपाल, १०० ग्रप, वार्मिङ हर्ट नेपाल, फुड बैंक,लगायतका टिमलाइ  कोरोनाका कारण भोकै बसेका मानिसहरुका लागि केहि राहत पु¥याउने उद्देश्यले उक्त खाद्यानका सामग्री हस्तान्तरण गरिएको अध्यक्ष उषा श्रेष्ठले बताउनु भयो । १०० ग्रुपका टिमलाई विहबार मात्र   १२ बोरा चामल , १४ किलो दाल , र १० लिटर तेल उक्त खाद्यान सामाग्री प्रदान गरिएको छ ।

उक्त खाद्यानका सामग्री काठमाडौं बानेश्वर स्थित रहेको मिन भवनबाट १०० ग्रुप,का टिमलाई खाद्यानका सामग्री हस्तान्तरण गरिएको संवाहक नेपालका अध्यक्ष उषा श्रेष्ठले जानकारी लिनु भयो ।

 

अध्यक्षका अनुसार वौद्धिक अपांङगता भएका बालबालिका अभिभावकलाई आर्थिक र खाद्यन्न सहयोग गरेको । यस्ता अपांगता भएका बालबालिकाको लागि स्वास्थ शिविर संचालन गरेको बताउनु भयो । आर्थिक विपन्न परिवारलाइ उपभोग्य सामाग्री वितरण  गर्दै आएको संवाहक नेपालका अध्यक्ष उषा श्रेष्ठले हामीलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता