काठमाडौ उपत्यकामा गुड्छन् आजवाट यस्ता गाडी, लामो दुरीका सवारीले पनि यात्रु बोक्न पाउने
c
काठमाडौ । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा थप खुकुलो बनाइएसँगै सफा टेम्पो र नीलो माइक्रो सञ्चालनमा आउने भएका छन्। गत वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञाका कारण असार मसान्तसम्म सफा टेम्पो र नीलो माइक्रो सञ्चालन गर्न दिइएको थिएन।
सफा टेम्पो र नीलो माइक्रोमा चालकसहित १० जनाभन्दा बढी यात्रु राख्न नपाइने काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशमा उल्लेख छ।
काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा थप खुकुलो बनाइएको छ। उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा खुकुलो बनाएको हो। बैठकले आजबाट काठमाडौं उपत्यकमा लामो दुरीका सवारी साधन यात्रु बोकेर आवतजावत गर्न पाउने निर्णय गरेको छ।
‘अत्यावश्यक काम विशेषले उपत्यकामा प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइनेछ”। काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञाको आदेशमा उल्लेख छ।