ब्राजिलका राष्ट्रपतिलाई यो कस्तो अनौठो रोग लाग्यो ? १० दिनदेखि लगातार हिकहिक भएपछि अस्पताल भर्ना
ब्राजिलका राष्ट्रपति जाइर बोल्जोनारोलाई अनौठो रोग लागेको छ । उनलाई अस्पताल भर्ना गरेर चिकित्सकहरुले निगरानीमा राखेका छन् । उनलाई विगत १० दिनदेखि लगातार हिकहिक आइरहेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । १० दिन देखि लागेको हिक हिक नरोकिएपछि उनलाई बुधवार अस्पताल भर्ना गरिएको छ ।
६६ वर्षीय बोल्जोनारोलाई ब्रासिलियास्थित सैनिक अस्पतालमा बुधवार बिहान भर्ना गरेर स्वास्थ्य जाँच गरिएको छ । त्यस वाहेक उनलाई सामान्य पेट दुखेको बताइएको छ । त्यसवाहेक अन्य केही रोग नदेखिएको उनको मनोबल उच्च रहेको राष्ट्रपतिकाको प्रेस कार्यालयले जनाएको छ ।
चिकित्सकहरूले उनलाई २४ देखि ४८ घन्टाको अवधिका लागि निगरानीमा राख्ने अनि किन लगातार हिकहिक आयो भनी खोज्ने बताइएको छ । हालैका सातामा बोल्जोनारोलाई कुराकानी गर्न नै गाह्रो परिरहेको थियो । उनको दाँतको उपचारका क्रममा दिइएको औषधिले यस्तो भएको हुनसक्ने अनुमान गरिएको छ । तर त्यो कुराको पुष्टि भने भएको छैन ।
अनि सन् २०१८ मा निर्वाचन अभियान चलिरहँदा उनको पेटमा छु’रा प्र हा’र ग’रिएपछि आन्द्राको धेरैपटक शल्यकृया गरिएकाले पनि उनलाई यो समस्या आएको हुन सक्ने चिकित्सकहरूको विश्वास छ ।