आज यि ५ प्रदेशमा सतर्क रहन महाशाखाको चेतावनी, के के छन् जोखिम ?
काठमाडौ । मनसुन सक्रिय रहेका कारण विहिवार पनि मुलुकका केही स्थानमा भारी वर्षा हुने अनुमान छ । आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन भनिएको छ । बाढी पहिरोको जोखिम बढ्ने भन्दै चेतावनी समेत दिइएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । विहिवार विहानै जारी बुलेटिनमा विहानै पनि प्रदेश एक, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
राति पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । पर्सि शनिवारदेखि देशैभरि मनसुन थप सक्रिय हुने भएकाले लगातार पानी पर्ने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।