२४ घण्टामा १ हजार २२९ जना कोरोनामुक्त
काठमाडौँ — २४ घण्टामा १ हजार २२९ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ७४ हजार २५२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ११ लाख ६४ हजार ५५७ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १९ हजार ३२० पीसीआर परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ६८६ जना रहेका छन् ।