एमाले नेता खनालको मिर्गौलाको डायलासिस सुरु
काठमाडौ । काठमाडौवाट उपचारका लागि दिल्ली लगिएका नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । उनको दिल्लीको अपोलो अस्पतालमा उपचार जारी छ । अहिले अवस्था सुधारउन्मुख भएपनि मिग्रौला प्रत्यारोपणका लागि डायलासिस सुरु गरिएको छ ।
पोष्ट को भिडको समस्या देखिएपछि उपचारका लागि खनाल दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका हुन् । उनलाई यस अघि पनि अपोलो अस्पतालले मिर्गौला प्रत्यारोपण गर्ने सल्लाह दिएको थियो । केही दिनको उपचार पछि उनी नेपाल फर्किएका थिए । को भिड समेत जितेका उनलाई पोष्ट को भिडको समस्या देखिएको थियो । मिर्गौलामा समस्या भएका कारण पनि उनको स्वास्थ्य विग्रिएको थियो ।
खनालको फोक्सोमा पानी जमेका कारण अस्पताल भर्ना भएका थिए । परिवारको आग्रहमा उनलाई उपचारका लागि दिल्ली लगिएको थियो । फोक्सोमा देखिएको पानीको मात्रा घटेको र सामान्य वार्डमा राखेर उपचार थालिएका खनालको डायलासिस सुरु गरिएको हो ।
उनी गत असार ३ गते काठमाडौवाट उपचारका लागि दिल्ली प्रस्थान गरेका थिए । उनको अपोलो अस्पतालमै मिर्गौलाको प्रत्यारोपणका लागि डायलाइसिस सुरु गरिएको हो । मिर्गौला प्रत्यारोपणका लागि नेपाल आउने कि भारतमै गर्ने भन्नेबारे पारिवारिक सल्लाह भइरहेको जनाइएको छ ।