प्रधानमन्त्रीमा देउवासंगै यि ४ मन्त्रीले लिए सपथ, यसरी गरियो मन्त्रालय बाँडफाँड
काठमाडौं । प्रधानमन्त्रीमा शेरबहादुर देउवासँगै चार जना मन्त्रीले पनि शपथ लिएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ती सच्याएपछि देउवाले प्रधानमन्त्रीको सपथ लिएका हुन् ।
उनको मन्त्रीमण्डलमा ४ जना मन्त्रीले पनि मंगलवार नै सपथ लिएका हुन् । सपथ लिने नयाँ मन्त्रीहरुमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्रीमा नियुक्त भएका छन् । उनी रुपन्देहीबाट समानुपातिक सांसद हुन् ।
यस्तै कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
यस्तै अर्थ मन्त्रीमा माओवादीबाट जनार्दन शर्मा नियुक्त भएका छन् । उनी रुकुम पश्चिमको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सांसद हुन् । उनी यसअघि गृह र ऊर्जा मन्त्री बनिसकेका छन् ।
यस्तै आजै माओवादीकी नेतृ पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँ ललितपुर ३ बाट निर्वाचित हुनुभएको हो ।