विर्तामोडमा श्रृजना बस्नेतको ज्यान गएको घटनामा भेटिए यस्ता प्रमाण, प्रहरीलाई ढुङ्गा हा न्ने को हुन् ?
काठमाडौ । विर्तामोडमा सोमवार मृ त फेला परेकी श्रृजना बस्नेतको घटनामा नयाँ तथ्य फेला परेको छ । चौथो तलामा आमा दाइ भाउजुसंग बस्दै आएकी श्रृजनाको शव उनी बस्ने कोठाको तल फेला परेको थियो । प्रत्येक तला र गेटको भित्र समेत ताला लागेको अवस्थामा उनको शव तल बाहिर कसरी आइपुग्यो भन्ने आशंका उब्जीएको थियो ।
प्रहरीले धरानवाट कुकुर ल्याएर अनुसन्धान गरेको थियो । आइतबार बेलुका करिब आठ बजेसम्म घरमा भएकी सृजना सोमबार बिहान घर अगाडि मृ त अवस्थामा फेला परेकी उनका दाजु रमेश बस्नेतले बताए । चारतले घरको दोस्रो तलामा परिवारसँगै बस्ने सृजना चौथो तलामा सु त्ने गरेको उनको भनाइ छ ।
परिवारका सदस्यले उनको स्वभाविक निधन नभएको र घटनामा कसैको हात भएको अनुमान गरेका छन् । परिवारका सदस्यले घटनाको सत्यतथ्य छानविन र अनुसन्धानको माग गरेका छन् । शवको पछाडीको भाग तथा टा उ कोमा चो ट र घटनास्थलमा र ग तको दाग देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
अनुसन्धानका लागी ल्याइएको कुकुर घर भित्र प्रवेश गरेको थियो । श्रृजना बस्ने घरको तेस्रो तलाको बरण्डासम्म पुगेर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
पोस्टमार्टमका लागि शव धरान पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । हालसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए ।
प्रहरीले शव उठाउने क्रममा केही समस्या भएको थियो । घटनाको अनुसन्धानमा प्रहरीले ढिलाई गरेको भन्दै आफन्तले विरोध गरेका हुन् । प्रहरीले घटनास्थलमा ढु ङ्गा हा न्ने केही युवालाई पक्राउ गरेको जनाएको छ । प्रवक्ता थापाका अनुसार घटनाको इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ ।
इलामको साखेजुङ्ग मुल घर भएकी बस्नेत आफ्नी आमा तथा दाजुको परिवारसँग केही बर्षदेखि बिर्तामोड ५ स्थित सानिमाको घरमा भाडामा बस्दै आएकी थिइन् । उक्त घरमा प्रायः पारिवारिक नाता पर्ने मानिसहरु नै बस्ने गरेको प्रहरीको भनाइ छ । उनी एक सहकारीमा काम पनि गर्थिन ।