Logo

देउवाले आज सपथ लिँदै, कसरी भयो ओली राजको अन्त्य ?



अन्तत नेपाल कम्युनिष्ट पार्टीको एकताकाको दुई तिहाई बहुमतको सरकार अल्पमत हुँदै सकिएको छ । नेकपा माओवादी अलग भएपछि र नेकपा एमाले भित्रको विवादले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बहिर्गमनको दिशामा छ । मंगलबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा सपथ लिने तय भएको छ । उनले पहिले केही मन्त्रीहरु लिएर सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।

सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका ने देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका हुन् । सोमबार सर्वोच्च अदालतले मंगलबार दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो । आज विपक्षी गठबन्धनमा रहेका शीर्ष नेताहरूको बैठकले सरकारमा सहभागी हुने नेताहरूको नाम तय गर्ने भएको छ ।

संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको छ । यसअघि नै राष्ट्रिय जनमोर्चा, जसपा (उपेन्द्र समुह)  नेकपा एमाले ९माधव नेपाल समुह०ले सरकारमा सहभागी नहुने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता