Logo

स्कुटर दुर्घटना हुँदा स्कुलकी शिक्षिका र स्कुलकै लेखापालको निधन



तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको प्रनाउ तिमिल्सिनाले जानकारी दिनुभयो ।

मृतकमध्ये सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत हुनुहुन्थ्यो भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयको शिक्षिका हुनुहुुन्थ्यो । कोरोना कारण विद्यालय बन्द भएपछि उहाँहरु दमौली फर्किँदैहुनुहुन्थ्यो । ओरालोमा ब्रेक फेल भई अनियन्त्रित भई स्कूटर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अर्को समाचार

लकडाउन’ भएपछि काठमाडौंमा के खाने, कसरी बस्ने, साहु र बैंकको ऋण कसरी तिर्ने रु अनि धनुषामै रहेका परिवारलाई कसरी पाल्ने भन्ने चिन्ताले रामसुफललाई सताएको छ । तर, सरकारको आदेश उल्लंघन गर्ने ताकत उनमा छैन ।

निषेधाज्ञाका बेला मानिसहरु सडकमा जुत्ता टल्काउन आउने छैनन् । आम्दानीको एकमात्र स्रोत जुत्ता टल्काउने पेशा बनाएका रामसुफल अब के गर्ने भन्ने चिन्तामा छन् । अहिले बढीमा १५ दिन बन्द भएमा जेनतेन जीवन धान्न सकिने सोचमा छन् उनी । १५ दिनभन्दा बढी बन्दाबन्दी भयो भन्ने जीवनको रथ कसरी तान्ने भन्ने चिन्ता छ उनलाई ।

 

शारीरिकरुपमा समेत अशक्त रहेका रामसुफल अरु काम गरेर कमाउन सक्ने अवस्थामा छैनन्, जसका कारण उनको पहिलो पुकार छ, यो ‘लकडाउन’ २ साताभन्दा बढी नभइदियोस् । उनी निषेधाज्ञा भन्न जान्दैनन्, लकडाउन नै भन्न अभ्यस्त छन् ।

वनस्थली ढुङ्गेधारामा जुत्ता टल्काउँदै गर्दा भेटिएका रामसुफल केही समयको कुराकानीपछि खुलेर कुरा गर्न तयार भए । सुरुमा केही लजाएका उनले आफ्नो दैनिकी र जीवनको कथा खुलस्त सुनाए ।

यो पनि
कहिल्यै काठमाडौँ नफर्कने वाचा गर्दै रोल्पा फर्किइन् दिलकुमारी
दैनिक मजदुरीमै चलेको जीवन

धनुषा जिल्ला साविकको खजुरी चन्हा गाविस तथा हालको जनक नन्दिनी गाउँपालिका वडा नं ४ का रामसुफल महरा चमारका नाममा कुनै जग्गाजमिन छैन ।

सम्पत्तिका नाममा श्रीमतीका नाममा रहेको ३ धुर घडेरी र त्यहाँ बनेको एउटा सानो झुप्रो मात्रै छ । खेती किसानीका लागि थोरै अरुको जमिन पनि कमाएका छन् । तर, त्यो जमिन कसको हो भन्ने उनलाई थाहा छैन । उनीa भन्छन्, ‘खै कोही कार्की थरको मान्छेको जमिन हो भन्छन्, तर को हो, मलाई थाहा छैन । त्यही जमिनमा श्रीमती र छोराछोरीले काम गर्छन् । उनी भने काठमाडौंमै जुत्ता सिलाउने र पालिस गर्ने काम गर्छन् ।

दैनिक ज्याला मजदुरीबाटै उनीहरुको परिवार चलिरहेको छ । घरमा कमाउन सक्ने अरु मानिस नभएका कारण यदि रामसुफलले कमाउन पाएनन् भने उनको घरमा चुल्हो बल्न मुस्किल छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता