रुखमा २ वटा पासो लगाएर ज्यान फाले !पूर्वबाट पोखरा आएर किन गरे यस्तो ्एउटै रुखमा झुण्डिएको अवस्थामा (भिडियो हेर्नुस्)
पोखरा महानगर पालिका वडा नं १८ पर्ने कल्छिको रुखमा पुर्वबाट आएमा दुईजना झुन्डिएका छन् । महिला दिपा खनाल नाम रहेको बताए ।
दिपा खनाल र सिलेसोर भटराई देहत्याग गरेका छन् । सिलेसोर बहिनी देबरानी पर्ने बताएका छन् उनि केटाको बिवाह भएको केटिको बिवाह नभएको बताए । आपःनौ बहिको नन्द पर्ने बताएका छन् ८ बर्ष देखि लबमा परेको बताएको छ ।
पुर्वबाट आएका दुई जना यस्तो अवस्थामा फेला परेका छन । इटहरीमा दुईजनाको सँगै तरकारी पसले भएको ।
उनीहरु होटलमा खाना खान्नछन् उनिहरु होटलबाट बाहिर निस्कनु भन्दा पहिला होटलमा बसेर होटल साहु सग सगै खाना खाएको खाना उनीहरुका लागि त्यो अन्तिम भएको छ । होटल साहुसग व्वाईन रक्सि पनि खाएर होटल बाहिर निस्केका थिए । साझको १० बजेपछि होटल बाट निस्केको रहेछन् उनीहरु आधा घन्टा हिडेर यस ठाउमा पुगेर यस्तो गरेका रहेछन् ।
मलिहलाले सेतो बपडा लगाएकी छन् पुरुषले पहिलो लगाएर यसरी एउटै रुखमा पासो लगाएका छन् । उनिहरु अर्कोलाई हेरेर प्राण त्याग गरेका छन् आफु बसेको होटलको तन्दा ल्याएर च्यातेर दुईटा बनाएर पासो लगाएका छन् आफुले लगाएको डोरी नफुकोस भनेर केटाले लगाएको ज्याकेटको टोपीको डोरीले बाध्यर देह त्याग गरेका छन् ।
अर्को समाचार
बुधबार दिउँसो बेस्सरी घाम चर्केको थियो । घामभन्दा पनि अझ चर्को थियो काठमाडौं छोड्न चाहनेहरुको हतारो । चर्को घामबाट जोगिन गोगंवुस्थित नयाँ बसपार्कको सानो छहारी छेउ पोका पन्तुराहरुको बीचमा थिइन् रोल्पाकी दिलकुमारी पुन मगर ।
४ महिनाअघि उनी श्रीमान् दीपक पुनसँग काठमाडौंँमा काम खोज्न आएकी थिइन् । नुवाकोटको बट्टारमा रहेको एक इँटा उद्योगमा ईटा बनाउँने र बोक्ने काम गरेका उनीहरुको काम लकडाउनले रोकिदियो । सरकारले फेरि लकडाउन गर्दैछ भन्ने सुनेका उनीहरुले हिजो साँझ नै पोका पन्तुरा कसे र बिहानै बट्टारबाट काठमाडौँ हिँडे ।
दिउँसो १ बजे गोङ्गबु बसपार्कको सडक पेटीको छहारीको भुइँमा पोका पन्तुरा र दुई जना काखे छोराछोरी कुरेर बसेकी थिइन् दिलकुमारी । उनका श्रीमान् दीपक भने रोल्पा जाने बसको खोजीमा निस्किएका थिए । सामानहरुको पाकोमाथि निदाइरहकी थिइन् उनको छिमेकी बहिनी । ४ वर्षका छोरा दिपेश र २ वर्षकी छोरी मनिषा त्यहीँ खेलिरहेका थिए ।
गाउँमा काम सकिएर हिउँद लागेपछि ४ महिनाअघि कामको खोजीमा उनको परिवार काठमाडौं आएको थियो । गाउँको नाइकेको साहयतामा नुवाकोटको एक इँटा भट्टामा काम गर्न पुगेका उनीहरुले फेरि अघिल्लो वर्षको जस्तै लकडाउन हुने खबर थाहा पाएपछि घर जाने यात्रामा निस्किएका थिए ।
उनीहरुले खाना पकाउने ग्याँस, खन्ने साबेलदेखि भाँडाकुडाको पोको पन्तुरो कसेका थिए । उनका श्रीमान् दीपक अघिल्ला वर्षका हिउँदमा पनि इँटा बनाउने काम गर्न काठमाडौंँ आएपनि दिलकुमारी भने पहिलो पटक आएकी थिइन् । उनले अब फेरि फर्केर काठमाडौं नआउने बताइन् । टिकट खोज्न उनका श्रीमान् कता गए उनलाई थाहा थिएन । उनी घर जाने बस र श्रीमानको बाटो हेर्दै सामान कुरेर बसिरहेकी थिइन् ।