Logo

हिमेश र मेघाले गरे सुटुक्क बिहे, बिगत सम्झिदै रोइन मेघा (भिडियो हेर्नुस्)



काठमाडौ । सामाजिक सञ्जालमा चर्चामा रहेका हिमेश न्योपानेले मेघा केसीसंग विवाह गरेका छन् । हिमेश युट्युवर हुन् । टाइम्स खबर नेपाल नामको युट्युव च्यानल चलाउने हिमेशले आफ्नो विवाहको भिडियो सार्वजनिक गरेका छन् ।

उनीहरुले यस अघि कानुनी विवाह गरेका भएपनि सिन्दुर पोते नलगाएका कारण फेरी विवाह गरेको बताएका छन् । दुई वर्ष अघि कानुनी विवाह गरेका उनीहरुले हिन्दु धर्म परम्परा अनुसार अहिले फेरी विवाह गरेका हुन् ।

हिमेश र मेघाको पहिले नै विवाह भएको भनेर सामाजिक सञ्जालमा प्रश्न आएपछि उनीहरुले हिन्दु परम्परा अनुसार विवाह गरेको बताएका छन् । सिन्दुर पोते नलगाएका कारण मेघालाई प्रश्न गरेका थिए । विवाह भएको हो की होइन रु भनेर सोधेपछि उनीहरुले हिन्दु परम्परा अनुसार विवाह गरेको उनीहरुले बताएका छन् । विवाहको भिडियो सार्वजनिक गर्दै उनीहरुले धरहरा ठडीएकै दिन आफुहरुले पनि विवाह गरेको बताएका छन् ।

फेसवुक लाइभमा आफुलाई किन दुई वर्ष सम्म विवाह नगरी संगै बसेका थियौ रु भनेर आफुलाई धेरै प्रश्न आएको बताएकी छन् । हिमेशले आफ्नो दाईको विवाह लगत्तै हजुरआमाको निधन भएका कारण धार्मीक परम्परा अनुसार विवाह गर्न नपाएको बताएका छन् । सांस्कृतिक कामले गर्दा कानुनी विवाह गर्न परेको बताएका छन् । विवाह गरे पनि हिमेशले मेघालाई घर नलगेको उनीहरुको भिडियोवाट बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता