मुख्यमन्त्रीलाई गा,ली ग रे पछि एमाले मुख्यालयबाट बालिका खड्का पक्रा उ
काठमाडौं । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गा, ली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मु ख छा डेको आ रो पमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० रमेश बस्नेतले बताए । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बि च ल्ली बनाएको आ रो प ल गा उँदै आएकी छिन् । पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए । उनले भने, ‘सार्वजनिक ठाउँमा अ भ द्र व्य वहा र गरेपछि पक्राउ परेका हौं, के मुद्दा चलाउने वा छाड्ने टुंगो लागिसकेको छैन ।’
यो पनि, सात वर्षपछि बल्ल पाए द्वन्द्वपीडितले परिचयपत्रसत्य, निरुपण तथा मेलमिलाप आयोग बनेको सात वर्षपछि बल्ल बाजुराका द्वन्द्वपीडितले परिचयपत्र पाएका छन् । द्वन्द्वकालीन मुद्दा र घटनाको निरुपण गर्न बनेको आयोगले बुधबार यहाँ परिचयपत्र वितरण गरेको हो ।
पहिलोपटक नौ पीडितलाई परिचयपत्र वितरण गरिइएको आयोगका शाखा अधिकृत मुना भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार परिचयपत्र पाउने सूचीमा २१ जनाको नाम पहिलो चरणमा समावेश गरिएको थियो । बडिमालिका नगरपालिकामा आयोजित कार्यक्रममा परिचयपत्र वितरण गरिएको थियो ।
परिचयपत्र दिनसमेत आयोगले सात वर्ष लगाएको जनाउँदै पीडितले आक्रोश पोखेका थिए । परिचयपत्र दिएर मात्र पीडाको क्षतिपूर्ति नहुने र मनले न्यायको महसुस नगर्ने द्वन्द्वपीडित पूर्णबहादुर बुढाले बताउनुभयो । जिल्लाका सूर्य साउद, अङ्गे सार्की, छम्मा गिरी, चक्र थापा, उजा विष्ट, बल बुढा, डबल बोगटी, गचे सार्की, गगने अधिकारी, दिलबहादुर बुढा, नयन सार्की, डम्मर सार्की, चन्द्रप्रकाश सुनार, राजेन्द्रबहादुर कुँवर, सङ्गम बुढा, पुष्कर दमार्इँ, पूर्ण दमार्इँ, पूर्णबहादर बुढा, प्रकाश बुढासहित परिचयपत्र पाउने सूचीमा रहेका आयोगका सदस्य प्रचण्डराज प्रधानले जानकारी दिनुभयो ।
आयोग बनेलगत्तै जिल्लास्थित शान्ति समितिको कार्यालयहरुमा उजुरी लिने काम गरिएको थियो । यसमा देशभरिबाट ६३ हजार ७१८ निवेदन परेका थिए । तीमध्ये तीन हजार ७८७ लाई परिचयपत्र दिने गरी प्रक्रिया थालिएको आयोगले जनाएको छ । आयोगका सदस्य प्रधानको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बडिमालिकाका प्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, प्रहरी नायब उपरीक्षक मदनजीत महरा, सरकारी कार्यालयका वकिल तथा पत्रकारसहितको सहभागिता थियो ।