Logo

कोरोनाबाट पत्रकार निधन



दाङ । कोरोनाबाट एक जना पत्रकारको निधन भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार दामोदर अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासङ्घ दाङमा निर्वाचनमा मतदान गरेका थिए। चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उनलाई कोरोनाको पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौँ लगिएको थियो । गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा व्यवसायमा पनि संलग्न थिए। परिवारका एक्ला छोरा अधिकारीका श्रीमती, एक छोरा र छोरी छन् । रासस

अर्को समाचार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण बढिरहेकाले आदेश पालना गर्न आग्रह गर्नुभएको हो । उहाँले आदेश उल्लङ्घन गर्नेलाई कारवाही गर्नेसमेत बताउनुभएको छ ।

को संख्या दोब्बर भइरहेको भन्दै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत देखिएको बताउनु भएको हो ।

मन्त्रालयले बुधबार आयोजना गरेको प्रेस ब्रिफिङमा धारणा राख्दै डा। गौतमले सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठकलगायतका कार्यक्रम नगर्न अनुरोध गर्नुभएको छ । भीडमा सरिक हुने र मास्क नलगाइ हिँड्दा संक्रमण थप फैलिँदै गइरहेको उहाको भनाई थियो ।

यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथामा र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो ।

“आदेशको उल्लङ्घन हुने गरी कुनै पनि शैक्षिक संस्था, सार्वजनिक निकाय, निजी निकायले सञ्चालन गर्ने गराउने धार्मिक, सांस्कृतिक कार्य गर्न गराउनेउपर अनुगमन बढाउन र नियमानुसार कारवाही गर्न गराउन सबैमा अपिल छ”, उहाँले जारी गरिएको अपिलमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता