भारतबाट फर्किएका बाँकेका १५ जनामा पनि कोरोना देखियो
बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना पुष्टि भएको छ ।
भारतबाट फर्किएका व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन । उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, छ बाँके र एक जना सुर्खेतका रहेका छन् ।
बाँकेमा शुक्रबारमात्रै १९९ मा कोरोना पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १२७ र बागेश्वरी प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा पुष्टि भएको हो ।
अर्को समाचार हेर्नुहोस्
प्रदेश नम्बर २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको समयमा प्रदेश सभाले प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउनका लागि आह्वान गरेका हुन् ।
प्रदेशसभा सचिव यादवले जारी गरेको सूचनामा वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन भनिएको छ ।
नामाकरण र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सांसदले प्रस्ताव दर्ता गराउन सक्ने प्रदेशसभा सचिवालयको सचिव यादवले जानकारी दिएका छन् ।
नियमावली, २०७५ को नियम ७३ ख को उपनियम (२) बमोजिम प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सभा सदस्यले सोही नियमावलीको अनुसूची ३ (ख) बमोजि मबैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा दर्ता गराउन सूचना प्रकाशन गरिएको उल्लेख गरिएको छ ।
प्रदेशसभाद्वारा जारी गरिएको विज्ञप्तिमा प्रदेशको नामाकरणको सवालमा नेपालको संविधानको धारा २९५ को उपधारा ९२० बमोजिम प्रदेशको नामाकरण प्रदेश सभाको दुई तिहाई बहुमतबाट हुने भएकोले प्रदेश सभा कार्य सञ्चालन