Logo

हत्कडी चढाइने अनौठो मन्दिर, जहाँ कैदीले पुजा गर्छन्



एजेन्सी – मानिसहरुको भगवानप्रति निकै आस्था हुन्छ । आफुले शुरु गरेको कामहरु पुरा होस् भन्दै भगवानको पूजा प्रार्थना गरिने गरिन्छ । पूजा गर्दा भेटी स्वरुप केही चीजहरु पनि चढाउने गरिन्छ । यस्तै भारतमा एक अनौठो मन्दिर छ, जहाँ भेटी स्वरुप अनौठो चीज चढाउने गरिन्छ ।

मध्य प्रदेशको जालीनेर गाउँमा रहेको एक मन्दिरमा भेटी स्वरुप हथकडी चढाउने गरिन्छ । खाखर देव नामको यो मन्दिरमा कैदीहरुले पनि पूजा गर्ने गर्छन् । हथकडी चढाइने यस मन्दिरमा नाग देवताको पूजा गर्ने गरिन्छ ।

हथकडी चढाउनेको परम्परा पछिल्लो ५० वर्षदेखि चल्दै आएको बताइएको छ । यो मन्दिर नीमच जिल्ला मुख्यालयबाट करीब ३० किमी टाढा रहेको छ । यस मन्दिरमा अध्यारोमा मात्र पुजा हुन्छ ।

यस मन्दिरमा कैदी आफ्नो जमानत र रिहाइलाई लिएर आर्शिवाद माग्न आउँने गरेको बताइन्छ । कैदि रिहा भएपछि मन्दिरमा गएर हथकडी चढाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता