Logo

भरतपुरका लागि उडेको पूर्वयुवराज पारस शाह चढेको हेलिकप्टर अन्तै पुगे, पछि……



काठमाडौँ । पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँबाट भरतपुरतर्फ उडेको इयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी दिए । “प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली त्यसतर्फ जाँदैछ, विस्तृत विवरण केहीबेरमा आउनेछ”, उनले भने ।

त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको राजनीतिक अवस्थाको समीक्षा गर्ने बेला आएको बताएका छन् । पूर्वराजा शाहले अहिलेको राजनीति इमानदारी र जनहितमा आधारित नभएको पनि बताएका छन्। बरु, आफूले राजगद्दी त्यागेर उच्च साहस र इमानदारी दर्शाएको उनको भनाइ छ।

परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप देशमा भित्रिएको उनको आरोप छ। राजनीति भन्नु नै देशसेवाको उच्चतम साधन रहेको उनले उल्लेख गरेका छन्।

देश कसरी जोगाउने भन्ने विषयले आफू चिन्तित रहेको पूर्वराजा ज्ञानेन्द्रको भनाइ छ। ‘यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ,’ उनले भनेका छन्, ‘देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरूप व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन्। हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता