Logo

कोरोनाले गर्दा भारतबाट घर यसरी फर्कनेको लर्को



काठमाडौं, । भारतमा कोरोनाको तीव्र रूपमा फैलिन थालेपछि महाराष्ट्रलगायत विभिन्न राज्यमा मजदुरीका लागि गएका नेपालीहरू घर फर्कने क्रम बढेको छ। सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र कंचनपुरको गड्डाचौकी नाकाबाट दिनहुँ १ हजारभन्दा बढी नेपाल भित्रिइरहेका छन्।

नेपाल भित्रिरहेकामध्ये कतिपयमा जाँच गर्दा कोरोनाको संक्रमण देखा परेको छ। दोस्रो लहरमा तीव्र रूपमा कोरोना संक्रमण फैलिइरहेका सहरशाट नेपाल भित्रिइरहेकाबाट सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिने जोखिम उच्च बढेको छ।

गत वर्ष भारतमा कोराना संक्रमण देखा पर्न थालेपछि त्रासले नेपालीहरू घर फर्कने लहर चलेको थियो। नेपालमा पनि कोरोनाको

देखा परेपछि गत वर्ष चैत ११ गतेदेखि सरकारले लकडाउन गर्दै अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेको थियो। भारतका विभिन्न सहरबाट घर फर्कन आएका नेपाली सीमानजिकका भारतीय बजारका क्वारेन्टिनमा करिब २ महिना बढीसम्म बसेका थिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता