Logo

गोकुल वास्कोटाले प्रचण्डलाई दिए चुनौती, ुप्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गर्दै सरकार ढालेर देखाउनुस्



काठमाडौ । नेकपा–एमालेका सांसद गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन् । उनले प्रचण्डलाई दोहोरो चरित्र देखाएको भन्दै आलोचना गरेका छन् । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा पनि माग गर्ने तर सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने गरेर दोहोरो चरित्र देखाएको उनको भनाई छ ।

उनले प्रधानमन्त्रीको राजिनामा माग गर्ने दल तथा नेताहरुलाई प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न चुनौति दिएका छन्। सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बाँस्कोटाले प्रधानमन्त्रीको राजीनामा माग गर्ने दलहरुले दोहोरो चरित्र देखाएको आरोप लगाए ।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, सरकार एकदलीय वा दुई दलीय के बनाउने के गर्ने भन्न नसक्ने, अनि अहिलेको सरकारको कामचलाउ भन्ने रु उनले भने, ‘विश्वासको मत फिर्ता लिनुस् न, अर्को विषय सुरु हुन्छ, तर राजनीतिलाई बन्दी बनाउन हामी सक्दैनौं।’

उनले प्रधानमन्त्रीले जनताको बीचमा जान भन्दै गरेको निर्णयको विरोध गर्नेको पनि टिप्पणी गरे । जनताको बीचमा जाने प्रतिगमन हुन्छ भने अग्रगमन के हो रु उनको प्रति प्रश्न थियो । ‘विकास गर्ने प्रतिगमन र जनताको बीचमा जाने प्रतिगमन यहाँ भइरहन्छ,’ उनले भने, ‘निकास दिन नदिने हो भने ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम नै ठीक छ।’ चुनाव देख्नासाथ फोबिया हुनेहरुले प्रतिगमनको नारा लगाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता