Logo

कर्णालीमा नेपाल समूहले पनि छाड्यो मुख्यमन्त्री शाहीको साथ, २४ घण्टाभित्र एमाले मन्त्रीहरूले संयुक्त राजीनामा दिने



कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार धरापमा परेको छ। प्रमुख सत्ता साझेदार नेकपा (एमाले) ले उनको साथ छोडेपछि शाहीको सरकार अल्पमतमा परेको हो।

शाहीलाई एमाले अध्यक्ष केपी शर्मा ओली समूहले यसअघि नै समर्थन फिर्ता लिइसकेको थियो। आइतबार नेता माधवकुमार नेपाल समूहका सांसदसहित बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि शाहीलाई आग्रह निर्णय गरेपछि उनी अल्पमतमा पर्ने भएका छन।

नयाँ सरकार बनाउन एमालेले आफ्ना मन्त्रीहरूलाई सामूहिक राजीनामा दिन लगाएको छ। बैठकमा सहभागी नेपाल पक्षका सांसद सुशील थापाले सोमबारसम्म एमाले मन्त्रीहरूले राजीनामा दिने बताए।

शाहीको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वाला अर्थमन्त्री, दल रावल सामाजिक विकास मन्त्री र नन्दसिंह बुढा उद्योग मन्त्री छन्। ४० सदस्यीय प्रदेशसभामा शाहीको दल माओवादी केन्द्रको १२ सांसद ९१३ मध्ये एमाले प्रवेश गरेका धर्मराज केसीलाई कारबाही गर्ने निर्णय भइसेको छ० छन् ।

सबभन्दा ठूलो दल एमालेका २० सांसद छन्, जसमध्ये राजबहादुर शाही सभामुख छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।

एमाले संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री शाहीलाई आग्रह पनि गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

बैठकले शाहको नेतृत्वमा संसदीय दल विधान मस्यौदा कार्यदल समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता