Logo

४० बर्ष भारतीय जेलमा, घर फर्केपछि बल्ल पाए दुर्गाप्रसादले नेपाली नागरिकता, के पाउलान् त भारत सरकारबाट क्षतिपूर्ति ?



बिना कसुर ४० बर्ष जेल बसेका दुर्गाप्रसाद तिम्सिनाले ६१ बर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् ।

यससँगै उनलाई भारत सरकारसँग क्षतिपूर्ति माग गर्न सहज भएको छ । उनी बिना कसुर भारतमा ४० वर्ष जेल बसेर हालै नेपाल फर्किएका थिए ।

उनले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् । उनलाई सहायक सिडिओ धरेन्द्र चापागाईँ र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरे ।

दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिप्रकाले पनि सहजीकरण गरिदिएको थियो । योसँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि सहज भएको छ ।

उनका भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणिकरण प्रमाणपत्र पनि बनेको छ ।

उच्च अदालत कोलकाताले तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिनू भनी आदेश दिएको थियो । त्यस लगत्तै प्रक्रिया सुरु गर्न नाता प्रमाणिकरण गरिएको परिवारले जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता