Logo

भाईरल चियावालीलाई छोडेर गएका श्रीमानले रुदै फोन गरेर जब यस्तो भने, फर्कियो फेरी माया (भिडियो हेर्नुस्)



काठमाडौ । सामाजिक सञ्जालमा एक महिला निकै भाइरल भएकी छन् । सानो सन्तानलाई पिठ्युमा बोकेर विहानै ३ वजे देखि उनी काममा खटिन्छिन् ।

पाँच महिनाको प्रेम पछि उनले विवाह गरेकी थिइन् । तर जिवन उनले सोचे जस्तो भएन । श्रीमानले छोडेर गएपछि उनको जिवन निकै कठिन भयो । प्रेम गरेर विवाह गरेका श्रीमानले अप्ठेरोमा पारेर गए ।

तर सन्तानलाई त हुर्काउनै पर्यो, आफ्नो पेट पनि पाल्न पर्यो । श्रीमान सुनधारामा बस्ने गरेको र ठेक्काको काम गर्ने गरेको उनले बताइन् । कहिले काँही फोन त गर्थे तर कहिल्यै माया देखाएनन् ।

श्रृष्टि तामागं पिठ्युमा २ वर्षको छोरा बोकेर ग्वार्खोमा राती ३ वजे देखि नै काममा लाग्ने उनको दैनिकी छ । तर सामाजिक सञ्जालमा उनले गरेको त्यो काम सार्वजनिक भएपछि भाइरल भएकी छन् ।

उनले आफ्नो यसरी चर्चा होला भन्ने कल्पना पनि नगरेको बताएकी छन् । आफ्नो माइती छोडेर जसलाई जिवनभर साथ दिन भनेर आएकी श्रृष्टिलाई बिच वाटोमै उनका श्रीमानले छोडेर हिडेका थिए ।

कोरोनाका कारण भएको लकडाउनले गर्दा उनीहरुको सम्बन्धमा पनि समस्या आएको हो । श्रीमान पहिला पनि प्राय बाहिर नै हुन्थे खर्च भने दिन्थेनन् । लकडाउन पछि झन उनी टाढा भए । घरमा खान मुस्किल भएको थियो ।

त्यस्तो अवस्थामा उनले आफ्नो समस्या राखीन् । हामी भोकै छौं भनेर श्रीमानलाई फोन गर्दा पनि वास्ता गरेनन् । नुवाकोट माइत रहेकी श्रृष्टिलाई त्यस यता दिदी बहिनीले सहयोग गरिरहेका छन् ।

उनको संघर्षको भिडियो सार्वजनिक भएपछि उनका श्रीमानले फोन गरेको बताइन् । फोन गरेर मैले तिमीले त्यस्तो दुख गरेको रहेछौ मैले कल्पना नै गरेको थिइन् भनेर भनेको श्रृष्टिले बताएकी छन् । मेरो निकै मन दुखेको छ अब आउन चाहे पनि म माफ गर्न सक्दिन उनले भनिन्, मलाई सडकमा छोडेर श्रीमान् हिडे । सबैले ठिक्क पर्यो भन्ने अवस्थामा ल्याए ।

मलाई फोन गरेर रुनु भयो, उनले भनिन्, मैले यस्तो संघर्ष गरेर जिवन चलाएको छु भन्ने श्रीमानलाई लागेको थिएन रे । तर विच वाटोमा छोडेर हिडेका श्रीमानलाई माफ दिन सक्दिन । संगै बस्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता